लागुऔषधको कारोबार र दुव्र्यसनमा महिला पनि

दैलेख ः पछिल्ला वर्षहरूमा लागु औगुऔषधको कारोबार तथा दुव्र्यसनमा महिला सहभागिता रहने गरेको पाइएको छ । केही वर्ष अघिसम्म सामाजिक प्रतिष्ठा देखाउँदै लागुऔषध तथा अन्य कुलतमा प्रत्यक्ष सहभागी नहुने महिला पछिल्ला वर्षहरूमा लागुऔषधको दुव्र्यसनी तथा कारोबारमा सहभागी हुने गरेका पाइएको हो ।

दैलेख प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा लागुऔषध कारोबार तथा सेवनमा संलग्न २ जना महिलालाई पक्राउ गरिएको छ । प्रहरीले सार्वजनिक गरेको लागुऔषधको त्रिवर्षीय विवरणमा आर्थिक वर्ष २०७९÷०८० र आर्थिक वर्ष २०८१÷०८२ मा लागु औषधकारोबार तथा सेवनमा महिला सहभागिता देखिदैन् ।

अघिल्ला दुई वर्षको तुलनामा भने आर्थिक वर्ष २०८१÷०८२ मा लागुऔषध प्रयोग तथा कारोबारमा लाग्ने युवाको संख्या समेत वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७९÷०८० लागुऔषधमा संलग्न ६ जना युवालाई प्रहरीले पक्राउ गरेको थियो । आर्थिक वर्ष २०८०÷०८१ मा समेत ६ जना युवा पक्राउ गरेका थिए ।

अघिल्ला दुई वर्षको तुलनामा भने आर्थिक वर्ष २०८१÷०८२ मा लागुऔषध सेवन तथा कारोबारमा प्रहरीले १७ जना पुरुष र २ जना महिलालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूबाट ४ सय मिली ग्राम ब्राउन सुगर, २ सय १८ ग्राम २ सय ४० मिली ग्राम चरेस, ९ ग्राम २ सय ९० मिली ग्राम गाँजा, ६ सय १८ पिस ट्रामाडोल र १ सय ३० पिस नाईट्रोपाजम बरामद गरिएको छ ।

आर्थिक वर्ष २०८०÷०८२ मा लागु औषधकारोबार तथा सेवनमा पक्राउ परेकामध्ये ११ वटा मुद्दा दर्ता भएका छन् । अघिल्ला दुई वर्षको तुलनामा आर्थिक वर्ष २०८०÷०८२ मा लागुऔषध बरामदको परिणाम समेत वृद्धि भएको देखिन्छ । २०७९÷०८० पक्राउ परेका ६ जनाको साथबाट ८ सय मिली ग्राम ब्राउन सुगर बरामद गरेको थियो भने २०८०÷०८१ मा पक्राउ परेकाबाट १ ग्राम २ सय मिली ग्राम ब्राउन सुगर बरामद गरिएको थियो ।

प्रहरीको अनुसन्धान अनुसार लागुऔषध भारत लगायत मुलुक भित्रका अन्य जिल्लाबाट दैलेख आउने गरेको देखिन्छ । ब्राउन सुगर जन्य लागु औषध भारत र देश भित्रका नेपालगन्ज र सुर्खेत लगायतका जिल्लाबाट दैलेख भित्रिने गरेका प्रहरी प्रमुख बरालले बताए । अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले लागुऔषध कारोबारीबाट समेत खरिद गरेको बयान दिने गरेको प्रहरी प्रमुख बरालले बताए ।

भयावह आत्महत्या
दैलेखमा आत्महत्याको अवस्था भयावह रहेको छ । दैलेख प्रहरीद्वारा सार्वजनिक विवरण अनुसार एक वर्षको अवधिमा आत्महत्या गर्नेको संख्या ४७ जना रहेको पाइएको हो । प्रहरीले सार्वजनिक गरेको त्रिवर्षीय विवरण अनुसार आर्थिक वर्ष २०७९÷०८१ मा ४५ जना, २०८०÷०८१ मा ५९ जना र आर्थिक वर्ष २०८१÷०८२ मा ४७ जनाले आत्महत्या गरेका हुन् ।

आर्थिक वर्ष २०८१÷०८२ को एक वर्षको अवधिमा आत्महत्या गरेका ४७ जनामध्ये २६ जना महिला रहेका छन् भने २२ जना पुरुष छन् । उमेर समूहका आधारमा १८ देखि २५ वर्ष सम्मका १८ जना छन् । ४५ देखि ६० वर्ष सम्मका १५ जना, १६ वर्ष मुनिका ५ जना, २५ देखि ४५ वर्ष सम्मका ५ जना र ६० वर्ष माथिका ५ जना रहेका छन् । जातियताका आधारमा दलित भनिने जातिका १९ जनाले आत्महत्या गरेको देखिन्छ ।

आर्थिक वर्ष २०८१÷०८२ मा जातियताका आधारमा आत्महत्या गर्नेमा ब्राह्मण ४ जना, जनजाति ९ जना र क्षेत्री १६ जना छन् । स्थानीय तहका आधारमा आत्महत्या गर्नेको बढी संख्या यहाँको दुल्लु नगरपालिकामा बढी रहेका देखिन्छ । दुल्लु नगरपालिकामा आर्थिक वर्ष २०८१÷०८२ को एक वर्षको अवधिमा १३ जनाले आत्महत्या गरेका हुन् ।

नारायण नगरपालिकामा ६ जना, गुराँस गाउँपालिकामा ४ जना, भैरवी गाउँपालिकामा ७ जना, महाबु गाउँपालिकाका २ जना, डुंगेश्वर गाउँपालिकाका ३ जना, ठाटिकाँध गाउँपालिकाका २ जना, भगवतिमाई गाउँपालिकाका १ जना आठबीस नगरपालिकाका १ जना र नौमूले गाउँपालिकाका ५ जना गरी एक वर्षको अवधिमा ४७ जनाले आत्महत्या गरेका छन् ।]

आत्महत्या गर्नुमा विभिन्न कारणहरू रहेका पाइन्छन् । उमेर समूहका आधारमा आत्महत्या गर्ने कारणहरू फरक रहने गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख गणेश बहादुर बरालको भनाई छ । ‘उमेरका आधामा आत्महत्याका कारणहरू फरक–फरक पाइन्छ । १६ वर्ष मुनिका हरूमा जिद्धिपना विवाहितको हकमा पारिवारिक मनमुटाब, गरिबीसँगै माया प्रेम लगायतका अन्य कारण देखिन्छन् ।,’ प्रहरी प्रमुख बरालले भने ।

यस्तै, दैलेखमा बर्सेनि जबरजस्ती करणीका घटनाहरू बढ्दो अवस्थामा रहेको देखिन्छ । दैलेख प्रहरीले सार्वजनिक गरेको मुद्दाहरू हेर्दा जबरजस्ती करणीको घटनाहरू बर्सेनि बढ्दो पाइएको हो । आर्थिक वर्ष ०७९÷०८० मा १८ जना, ०८०÷०८१ मा २० जना र ०८१÷०८२ मा २५ जना गरी तीन वर्षको अवधिमा ६३ जनामाथि जबरजस्ती करणी भएका मुद्दाजिल्ला प्रहरी कार्यालयमा दर्ता भएको हुन् ।

प्रहरीले पीडितले दिएको जाहेरीको आधारमा तीन आर्थिक वर्षभित्र ५५ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख गणेश बरालले जबरजस्ती करणीका घटनामा अझ बढी प्रहरी संवेदनशील भएर काम गरिरहेको बताए । जबरजस्ती करणीका घटनामा बढी पीडितहरू आफन्तबाट भएको समेत खुलेको छ ।

उस्तै सवारी दुर्घटना

दैलेखमा सवारी दुर्घटनाको अवस्था विगतका वर्षहरू जस्तै रहेका छ । दैलेख प्रहरीले सार्वजनिक गरेको त्रिवर्षीय विवरण अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा ७३ वटा सवारी दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका छन् भने एक सय ७५ जना घाइते भएका हुन् । अघिल्ला दुई वर्षको तुलनामा २०८१÷०८२ मा भएका सवारी दुर्घटनाको सङ्ख्या हाराहारीमा रहेको छ ।

आर्थिक वर्ष २०७९÷०८० मा ७७ वटा सवारी दुर्घटना हुँदा १२ जनाले ज्यान गुमाएमा थिए भने एक सय ४ जना घाइते भएका थिए । यस्तै आर्थिक वर्ष २०८०÷०८१ को एक वर्षमा भएका ६५ सवारी दुर्घटनामा १० जनाको ज्यान गएको थियो । सो वर्षमा दुर्घटनामा परी १ सय ३८ जना घाइते भएका थिए । अघिल्ला दुई वर्षको तुलनामा आर्थिक वर्ष २०८१÷०८२ मा दुर्घटनामा परी घाइते हुनेको सङ्ख्या सङ्ख्यात्मक हिसाबले बढी रहेको छ ।

यसैगरी, ट्राफिक कारवाहिबाट आर्थिक वर्ष २०८१÷०८२ मा ३० लाख १८ हजार ५ सय राजश्व सङ्कलन भएको छ । एक वर्षको अवधिमा कारवाहिमा परेका ३ हजार ३ सय ४३ सवारी साधनबाट ३० लाख बढी राजश्व सङ्कलन भएको हो । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७९÷०८० मा ३९ लाख ४८ हजार ५०० र आर्थिक वर्ष २०८०÷०८१ मा २९ लाख ९५ हजार राजश्व सङ्कलन गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार